नियम
निवेदन गर्न सक्ने
ः– (१) ऐनको द˚ा ३ बमोजिम जारी भएको आदेशबाट मर्का पर्ने व्यक्तिले आ˚ूलाई मर्का परेको व्यहोरा खोली गृह मन्त्रालय समक्ष निवेदन दिन सक्नेछ र त्यस्तो निवेदन उपर गृह मन्त्रालयले सो आदेश जारी गर्दा लिइएका आधार कागजात र पर्चा सहितको मिसिल ˚ाइल झिकाई जा“चबुझ गर्दा स्थानीय अधिकारीले जारी गरेको आदेश कायम राख्न मुनासिव नदेखेमा खारेज गर्न सक्नेछ ।
(२) स्थानीय अधिकारीले जारी गरेको आदेश उपनियम (१) बमोजिम खारेज गर्नु पर्ने नदेखिएमा आ˚्नो राय सहित सम्बन्धित व्यक्तिको निवेदन र स्थानीय अधिकारीको कार्यलयबाट प्राप्त मिसिल गृह मन्त्रालयले नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम पेश भएको मिसिल कागजात, निवेदन र गृह मन्त्रालयको राय समेत विचार गरी नेपाल सरकारले मनासिब सम्झेमा स्थानीय अधिकारीले जारी गरेको आदेश खारेज गर्न सक्नेछ ।